काठमाडौँ : विपक्षी चार दलले सरकारलाई संसदप्रति जवाफदेही बनाउन प्रयास जारी राख्ने निर्णय गरेका छन्।

आइतबार विपक्षी चार दलका प्रमुख सचेतकको बैठकमा उनीहरूले संविधान र संसद् नियमावलीको कार्यान्वयका लागि संसदमा संघर्ष जारी राख्ने निर्णय गरेका हुन्। बैठक कांग्रेस प्रमुख सचेतक वासना थापा, एमालेका ऐन महर, नेकपाका युवराज दुलाल र राप्रपाकी खुश्बु ओली विपक्षी दलहरूको सहकार्यलाई मतबुत बनाउने प्रतिबद्धता पनि जनाएका छन्।


