२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 12:02 pm
समाचार

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी कार्की

सूचना प्रेस २०८३ जेष्ठ ३० शनिबार ००:००, १०:४९ बजे १ मिनेट पढाइ

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता एवम् सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) नेत्रबहादुर कार्कीलाई दिइएको छ । यसअघि डीआइजी विष्णुप्रसाद भट्ट सशस्त्रका प्रवक्ता थिए ।

उनको सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा सरुवा भएपछि डीआइजी कार्कीलाई जिम्मेवारी दिएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।