४ आश्विन २०८१, शुक्रबार 1726863289
राजनीति

भदौ २१ र २२ गते अनेमसंघ केन्द्रिय कमिटीको बैठक बस्ने

​​​​​​​काठमाडौँ – नेकपा एमाले निकट अखिल नेपाल महिला सङ्घ (अनेमसंघ) को केन्द्रिय कमिटीको बैठक बस्ने भएको छ ।

कृष्णभोग पार्टी प्यालेस मध्य बानेश्वरमा आज बसेको सचिवालयको पाँचौ बैठकले भदौ २१ र २२ गते केन्द्रिय कमिटीको बैठक बोलाउने निर्णय गरेको हो ।

सङ्घकी संयोजक थम माया थापा, इन्चार्ज सिता पौडेल लगायतका नेताहरूको उपस्थितिमा उक्त निर्णय गर्नुका साथै विभिन्न प्रस्तावहरु, कार्ययोजना लगायत समसामयिक बिषयमा छलफल भएको सचिव सुजिता शाक्यले बताउनुभयो ।