४ आश्विन २०८१, शुक्रबार 1726866226
Banner

कुमारी आमा निहारिकाले कहिले पाउँछीन न्याय ? (भिडियो)

काठमाडौं । निहारिका राजपुत न्यायको माग गर्दै २१ महिनाको बच्चासहित आमरण अनशनमा बसेको आज पाँचौ दिन पुरा भएको छ । महोत्तरीकी निहारिका आफनो ठाउँबाट न्याय पाउन नसकेपछि काठमाडौंको बसन्तरपुरमा अनशनरत छिन्। अनसनरत निहारिकालाई अहिलेसम्म सरकारका कुनै प्रतिनिधिले भेट्न चाहेका छैनन । पाँचदिनसम्म अनसनमा रहँदा निहारिका र उनलाई साथ दिने ज्यास्मिन ओझा गल्दै गएका छन् । प्रमाण साथमै हुँदा पनि राज्यले न्याय नदिएको भन्दै सरोकारवाला निकायहरुले आक्रोष व्यक्त गरिरहेका छन् । अनसनकारीको दयनीय अवस्था बनिसक्दापनि सरकार लाचार बस्नु आश्चर्यको बिषय बनेको छ ।

यी हुन निहारिकाका माग

मेरो आमरण अनसनको उद्देश्य मैले न्याय पाउनुपर्यो । मजस्ता हजारौं निहारिकाहरुले न्याय पाउनुपर्यो । मेरा मागहरु मैले बूँदागत रुपमा पेश गरेकी छु ।

१. मेरो बच्चाको डिएनए टेस्ट गरिनुपर्यो । काखमा बच्चाा बोकेर जिल्ला अदालतको अन्तिम फैसला कुरिरहँदा न्यायाधीशहरुले मेरो काखको बच्चा किन देखेनन् ? कुमारी आमाको काखको बच्चालाई लात हानेर अपराधीको पक्षमा फैसला गर्ने दुस्साहस न्यायाधीशलाई कसले दियो ? यसको निष्पक्ष छानबिन हुनुप¥यो ।
२, उच्च अदालतमा ४ महिनाअघि नै मुद्दा दर्ता गरे पनि अहिलेसम्म पेशी तोकिएको छैन । म र मेरो बच्चा मर्ने अवस्था आइसक्यो । न्यायलयले मेरो मृत्यु चाहेको हो ? उच्च अदालतले छिटोभन्दा छिटो पेशी तोकेर फैसला गरिदिनुपर्यो ।
३, मेरो बलात्कारी खुलेआम हिँडिरहेको छ । प्रहरी प्रशासनले उसलाई पक्राउ गरेर पुनः अनुसन्धान गरिनुपर्यो।
४, घटनाको सुरुवातदेखि नै मेरो मुद्दालाई कमजोर बनाइएको छ । यस मुद्दालाई पुनः सुरुवातदेखि नै अनुसन्धान गरिनुपर्यो। हिजो मेरो फितालो अनुसन्धान गर्ने प्रहरी प्रशासन, प्रहरी अधिकृतहरु, काखको बच्चालाई मतलवै नगरी फैसला गरिदिने न्यायाधीश पनि अनुसन्धानमा तानिनुप¥यो । उनीहरुमाथि पनि छानबिन हुनुपर्यो।
५, मेरो २१ महिने बच्चाको लालनपालन, हेरचाह, स्वास्थ्योपचार, शिक्षा आदि आधारभूत कुराहरु राज्यले सुनिश्चित गरिदिनुपर्यो।
जबसम्म मेरा यी मागहरु पूरा हुँदैनन्, जबसम्म मलाई न्यायको प्रत्याभूति हुँदैन । त्यतिन्जेलसम्म म मेरो अनसन तोड्ने छैन ।