३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 6:40 am
Banner

रास्वपा महाधिवेशन : सभापति लामिछानेले गरे मतदान

सूचना प्रेस २०८३ असार ११ बिहिबार ००:००, १२:४९ बजे १ मिनेट पढाइ

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि भइरहेको निर्वाचनमा सभापति रवि लामिछानेले मतदान गरेका छन् । मतदान प्रक्रिया अन्तिम चरणमा पुगेसँगै सभापति लामिछानेले मतदान गरेका हुन् ।

गएराति १२ बजेदेखि विद्युतीय मतदान भइरहेको छ । निर्वाचनमा ३७९ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । मतदान सम्पन्न भएको २ घण्टामा परिणाम सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ । त्यसपछि पदाधिकारीको निर्वाचन प्रक्रिया सुरु हुनेछ ।