३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 6:30 am
समाचार

मध्यपूर्व तनाव : कुवेत र बहराइनमा हवाई आक्रमणको साइरन बज्यो

सूचना प्रेस २०८३ असार २४ बुधबार ००:००, १०:०६ बजे १ मिनेट पढाइ

काठमाडौं । अमेरिका र इरानबीचको तनावकाबीच बुधबार कुवेत र बहराइनमा हवाई आक्रमणको चेतावनी दिने साइरनहरू बजेको छ । कुवेतको आधिकारिक सरकारी समाचार कुनाका अनुसार, देशभरि नै साइरनहरू सक्रिय पारिएको छ ।

बहराइनको गृह मन्त्रालयले सर्वसाधारणहरूलाई शान्त रहन र तत्काल नजिकैको सुरक्षित स्थानमा जान आग्रह गरेको छ । यसैबीच, इरानले अमेरिकाको कुवेत र बहराइनमा रहेको ८५ वटा सैन्य क्याम्पलाई निशाना बनाएको दाबी गरेको अलजजिराले जनाएको छ ।