२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 4:38 am
Banner

सरकारबाट जनता आश्वस्त होइन, सन्त्रस्त बन्ने खालको परिवेश सिर्जना भयो : शंकर पोखरेल

सूचना प्रेस २०८३ श्रावण ३ आइतबार ००:००, १४:२८ बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारबाट जनता आश्वस्त हुन नसकेको बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै पोखरेलले जनताले अत्यन्त लोकप्रिय जनादेश दिइसकेपछिको सरकारबाट जनता आश्वस्त हुने होइन, सन्त्रस्त बन्ने खालको परिवेश सिर्जना भएको बताएका हुन् ।

त्यो परिवेशभित्र एमालेले आफ्नो संसदीय दलको काम प्रभावकारी बनाउन सक्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘जनताले अत्यन्त लोकप्रिय जनादेश दिइसकेपछिको सरकारबाट जनता आश्वस्त हुने होइन, सन्त्रस्त बन्ने खालको जो परिवेश सिर्जना भएको छ, त्यो परिवेशभित्र हामी हाम्रो संसदीय दलको काम प्रभावकारी बनाउन सक्नुपर्छ।’ सरकारले नागरिकहरूका पीडामाथि पीडा थप्ने काम गरेको उनको भनाइ छ ।