२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 4:08 am
समाचार

पर्वतमा भिरबाट खसेका व्यक्तिको शव १३० मिटर तलबाट उद्धार

सूचना प्रेस २०८३ श्रावण ५ मंगलबार ००:००, १३:४६ बजे १ मिनेट पढाइ

काठमाडौँ : पर्वत जिल्लाको कुश्मा नगरपालिका-५ स्थित बन्जीसाइड क्षेत्रको भिरबाट खसेका एक व्यक्तिको शव सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको छ।

सशस्त्र प्रहरीका अनुसार बागलुङ नगरपालिका-१४ नारायणस्थान स्थायी घर भई हाल सोही क्षेत्रमा बसोबास गर्दै आएका करिब ३३ वर्षीय दीपेन्द्र नेपाली साउन ४ गते साँझ करिब ९ बजे उक्त भिरबाट खसेका थिए।

घटनापछि खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण, पर्वतबाट टोली परिचालन गरिएको थियो। खोजी अभियानका क्रममा मंगलबार बिहान उनको शव फेला परेको हो।

सशस्त्र प्रहरीको टोलीले शव भिरको करिब १३० मिटर तलबाट निकालेर सम्बन्धित निकायलाई जिम्मा लगाएको जनाएको छ।

प्रारम्भिक जानकारी अनुसार सामान्य घरायसी विवादपछि उनले भिरबाट हाम फालेको हुन सक्ने बताइएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।