२६ कार्तिक २०८३, बिहिबार Thursday, 12 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 6:48 am
राजनीति

प्रधानमन्त्री बालेनले समकक्षी मोदीलाई दिए भारतको ८० औं स्वतन्त्रता दिवसको शुभकामना

सूचना प्रेस २०८३ श्रावण ३० शनिबार ००:००, ११:५३ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले भारतको ८० औं स्वतन्त्रता दिवसका अवसरमा भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय जनताप्रति शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत जारी शुभकामना सन्देशमा प्रधानमन्त्री साहले नेपाल र भारतबीच रहँदै आएको गहिरो ऐतिहासिक सम्बन्ध, जनस्तरको आत्मीय सम्बन्ध तथा आपसी सहकार्य आगामी दिनमा अझ सुदृढ हुँदै जाओस् भन्ने कामना समेत गरेका छन् । भारतले आज आफ्नो ८० औं स्वतन्त्रता दिवस मनाइरहेको छ ।