२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 1:32 am
समाचार

अमेरिकी सेनाको दुईवटा विमानले ल्यायो उद्वार सामग्री

सूचना प्रेस २०८३ भदौ १७ बुधबार ००:००, १८:३० बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली सेनाको दुईवटा विमानले आज उद्वार सामग्री लिएर काठमाडौं आएको छ । उद्वार उपकरणसहितको सामग्री लिएर अमेरिकी सेनाको दुईवटा जहाज आइपुगेको हो।

अमेरिकी राजदूतावासका अनुसार उद्धार र राहतमा सघाउन ५ हजार विशिष्टीकृत सामग्री ल्याइएको हो। यसबाहेक ५०० प्राथमिक उपचार किटहरु, स्ट्रेचरहरु पनि रहेको दूतावासले जनाएको छ।

सरकारले अनुरोध गरेपछि यी सामग्री ल्याइएको र ३६ लाख डलरबराबरका थप सामग्री यसअघि नै ल्याइसकिएको दूतावासले उल्लेख गरेको छ ।