२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 1:06 am
समाचार

सुनसरीमा माइक्रोबस दुर्घटना हुँदा १२ जना घाइते

सूचना प्रेस २०८३ आश्विन ८ बिहिबार ००:००, ११:३२ बजे १ मिनेट पढाइ

काठमाडौँ : सुनसरीको कोशी गाउँपालिका–४ स्थित पूर्व-पश्चिम राजमार्गमा माइक्रोबस दुर्घटनामा परेको छ । बिहीबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–००१ ज १५६ नं. को माइक्रोबस आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि सप्तकोशी न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।