४ आश्विन २०८१, शुक्रबार 1726843282
समाचार

दुई शिक्षकलाई थुनामा पठाउने आदेश

काठमाडौं ।जिल्ला अदालत काठमाडौँले चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा विद्यार्थी दुव्र्यवहार गरेको घटनाका आरोपमा दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीश केदारनाथ पौडेलको एकल इजलासले कलेजका शिक्षकद्वय जनार्दन अधिकारी र राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटनीले जानकारी दिनुभयो ।

कलेजका विद्यार्थीलाई बालयौन दुरुपयोग गरेको अभियोगमा उनीहरुलाई थुनामा राखी अनुसन्धान गर्न लागिएको हो ।