७ मंसिर २०८१, शुक्रबार 1732311572
Banner

आजदेखि २७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाईर्दै

काठमाडौं । सरकारले २७ जिल्लामा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको खोप दिँदै छ ।

खोप कार्यक्रम विद्यालयबाट नै सञ्चालन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २७ जिल्लाका बालबालिकालाई आजदेखि १५ असारसम्म पहिलो डोज र साउन २ देखि ८ गतेसम्म दोस्रो डोज खोप दिइनेछ । बाँकी ५० जिल्लामा भने भदौ ५ देखि ११ गतेसम्म पहिलो र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो डोज खोप दिइनेछ ।

यो उमेर समूहका बालबालिकालाई दिन लागिएको फाइजर बायोएन्टेक खोप ९९ प्रतिशत प्रभावकारी र सुरक्षित रहेको परिवार कल्याण महाशाखाले जनाएको छ ।

यी हुन् आजदेखि खोप दिइने २७ जिल्ला
प्रदेश–१ :  झापा, इलाम मोरङ, सुनसरी
मधेस प्रदेश : सप्तरी, धनुषा, पर्सा, सिराहा, महोत्तरी
वाग्मती प्रदेश : काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, मकवानपुर
गण्डकी प्रदेश : कास्की, नवलपरासी पूर्व
लुम्बिनी प्रदेश : नवलपरासी पश्चिम,रुपन्देही, बाँके दाङ, बर्दिया
कर्णाली प्रदेश : सुर्खेत
सुदूरपश्चिम प्रदेश : कैलाली कञ्चनपुर र डडेलधुरा