२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 2:40 pm
समाचार

ट्रक र स्कुटर ठोक्किँदा २ जना घाइते

सूचना प्रेस २०८३ कार्तिक २० शुक्रबार ००:००, १२:४७ बजे १ मिनेट पढाइ

काठमाडौँ : सिन्धुलीमा ट्रक र स्कुटर ठोक्किँदा २ जना घाइते भएका छन् । ट्रक र स्कुटर ठोक्किएपछि आगलागी हुँदा दुवै सवारी साधन पूर्ण रूपमा जलेको छ ।

कमलामाई नगरपालिका-८ करकरेमा काठमाडौंबाट भिमानतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ख १२३६ नम्बरको ट्रकले रानीबासबाट सिन्धुलीतर्फ जाँदै गरेको अल्फाबेट नखुलेको १२७८ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी स्कुटर चालक कमलामाई नगरपालिका-१३ रानीबासकी ३४ वर्षीया सृजना अधिकारी र पछाडि सवार उनको श्रीमान् ४४ वर्षीय हेमराज बख्रेल घाइते भएको सिन्धुलीका डीएसपी विजय श्रेष्ठले जानकारी दिए । उनका अनुसार ट्रक र स्कुटर ठोक्किएपछि एक्कासि आगलागी भएको छ ।