२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 1:53 pm
समाचार

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी प’क्राउ

सूचना प्रेस २०८३ मंसिर २ बुधबार ००:००, १३:५२ बजे १ मिनेट पढाइ

काठमाडौं : नवलपरासी पश्चिम, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रामग्राम नगरपालिका-५ ड्राईभर टोल बस्ने ४५ वर्षीया हदिसुन नेशालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत नवलपरासी पश्चिमको २०८१ फागुन १२ गतेको फैसलाले उक्त मुद्दामा २५ वर्ष कैद सजाय ठहर भई फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले पाल्हीनन्दन गाउँपालिका-५ चमनटोलबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत नवलपरासी पश्चिम पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानो लागि कारागार पठाइएको छ ।