३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 2:33 pm
Banner

एन्फामाथिको राष्ट्रिय खेलकुद परिषद्को निलम्बन फुकुवा

सूचना प्रेस २०८३ मंसिर ३ बिहिबार ००:००, १४:३२ बजे १ मिनेट पढाइ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्रले अखिल नेपाल फुटबल संघ ९एन्फा० माथि लगाएको निलम्बन तथा विभिन्न प्रतिबन्ध फुकुवा गरेको छ । राखेपले बिहीबार पत्र पठाउँदै एन्फामाथि यसअघि लगाइएका सम्पूर्ण निलम्बन र प्रशासनिक तथा आर्थिक प्रतिबन्ध हटाउने निर्णय गरेको जानकारी दिएको हो।

राखेपका सदस्यसचिव रामचरित्र मेहताले एन्फालाई सम्बोधन गर्दै पठाएको पत्रमा परिषद्को कार्यकारी समितिले गरेको निर्णयअनुसार निलम्बन फुकुवा गरिएको उल्लेख छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ ९३० अनुसार उक्त निर्णय गरिएको पत्रमा जनाइएको छ।

एन्फाले यसअघि निलम्बन फुकुवाका लागि २०८२ चैत २२ मा पत्राचार गरेको थियो। एन्फाको सोही अनुरोधलाई आधार बनाएर राखेपले निलम्बन तथा प्रतिबन्ध हटाउने निर्णय गरेको हो। यसअघि राखेपले २०८२ चैत ११ गते एन्फालाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो। एन्फाले राखेपको निर्देशन अवज्ञा गर्दै आफ्नो निर्वाचन प्रक्रिया अघि बढाएको विषयलाई लिएर दुई संस्थाबीच विवाद चर्किएको थियो। राखेपले एन्फालाई निर्वाचन प्रक्रिया अघि बढाउनुअघि परिषद्को स्वीकृति लिन, जिल्ला तहका निर्वाचन प्रक्रिया पूरा गर्न तथा निर्वाचनसम्बन्धी गतिविधिमा परिषद्को प्रतिनिधित्व सुनिश्चित गर्न निर्देशन दिएको थियो