७ जेष्ठ २०८३, बिहिबार 1779405313
Banner

पर्यटनमन्त्री प्रेम आलेले दिए पदबाट राजिनामा

काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले पदबाट राजिनामा दिनुभएको छ । नेकपा एकीकृत समाजवादीका सांसदसमेत रहनुभएका मन्त्री आलेले आइतबार साँझ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन गरि पदबाट राजीनामा दिनुभएको हो ।

करिब नौ महिना मन्त्री हुनुभएका आलेले आजै पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पुगेर राजीनामा पत्र बुझाउनुभएको थियो । नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्री फिर्ता गरी ती ठाउँमा नयाँ मन्त्री पठाउन लागेको छ।

गत जेठ २२ मा पुराना मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन।

मन्त्री आलेले शुक्रबार पार्टीको पोलिटब्यूरो बैठकमा ४८ घन्टाभित्र आफूले मन्त्री पदबाट राजीनामा दिने बताउनुभएको थियो ।