कविता
७ देखि १७ सम्म कुशासनी काङ्ग्रेस
मदोन्मत्त हात्ती थियो त्यतिबेला काङ्ग्रेस
काङ्ग्रेसको मनपरीले देवकोटा नै वाक्क
कविताले काङ्ग्रेसलाई हानिदिए प्वाक्क
झटारोले हान्दा पनि काङ्ग्रेस सुध्रिएन
खोजी मर्दा सद्दे काङ्ग्रेस अझै भेटिएन
चोरलाई चौतारो साधुलाई सुली
त्यस्तैलाई लगाइदिन्छ काङ्ग्रेसले फुली
बोकेदारी, मुन्टो बटारी, घोप्टे आँखा पारी
खानु खायो बजेट चपायो उसैसित यारी
बहुमतका नाममा यिनले देशै बेच्छन् कि ?
प्यारो हाम्रो देशलाई ध्वस्तै पार्छन् कि ?
देवकोटाले उहिल्यै पनि यस्तै दृश्य देखे
वाक्क दिक्क भएर पागल नै लेखे
प्रजातन्त्रको ढ्वाङ मात्रै कराएको देखे
जनताले राहत होइन आहत पाए, लेखे
काङ्ग्रेसको शासनलाई रण्डीे नाच भने
जनअधिकारको डँडेल्नाको भाँच पनि भने
देवकोटाले पागलमा यस्तै यस्तै लेखे
सद्दे काङ्ग्रेस कोही छौ ? अघि बढन
देशभक्त छौ ? आऊ आउ देश बचाउन
(नोट महाकवि लक्ष्मी प्रसाद देवकोटाले उतिबेला पागल कवितामा …निर्लज्ज नीरस रसनाको रण्डीको नाच हेर जनताका अधिकारको डाडेल्नाको भाँच हेर,भनेर लेख्नु भएको छ । )