२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 2:44 pm
Banner

पदाधिकारीको टुंगो लगाउन आजपनि माओवादी स्थायी समितिको बैठक बस्र्दै

सूचना प्रेस २०७९ भदौ ४ शनिबार ००:००, ०६:५३ बजे १ मिनेट पढाइ

काठमाडौं । पदाधिकारीको टुंगो लगाउन आजपनि माओवादी स्थायी समितिको बैठक बस्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो बस्ने बैठकले स्थायी समितिलाई पूर्णता दिँदै पदाधिकारी चयन गर्ने एजेन्डा रहेको छ ।

पदाधिकारी टुंगो लगाउन शुक्रवार बोलाइएको बैठक निष्कर्षविहीन भएको थियो । यसअघिका बैठकले केन्द्रीय समितिलाई पूर्णता, पोलिटब्युरो र स्थायी समिति चयन लगायत गरेको थियो ।