३ मंसिर २०८१, सोमबार 1731962456
विश्व

भारतीय प्रधानमन्त्री मोदीलाई मातृशोक

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक परेको छ । मोदीको आमा हीरावेन मोदीको एक सय वर्षको उमेरमा निधन भएको छ । प्रधानमन्त्री मोदीले आमाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै ट्वीटमार्फत श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

स्वास्थ्य अवस्थामा समस्या आएपछि गत बुधबार उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य जटिलताका कारण आज उहाँको निधन भएको अस्पतालले जनाएको छ ।

आमाको उपचारका लागि प्रधानमन्त्री मोदी गुजरातको अहमदावादस्थित अस्पतालमा पुगेका पुग्नुभएको थियो ।