२६ कार्तिक २०८३, बिहिबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 1:44 am
Banner

यस्तो छ प्रतिनिधिसभाको आज बस्ने बैठकको संभावित कार्यसूची

सूचना प्रेस २०७८ फाल्गुन १८ बुधबार ००:००, ०६:१५ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकको संभावित कार्यसूची सार्वजनिक भएको छ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको संभावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गर्नेछन्।

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र नेपाल हवाइ सेवा प्राधिकरण विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ।