३० जेष्ठ २०८३, शनिबार 1781376544
समाचार

‘नेपाली पात्रो’को सिइओमा सन्तोष कुमार देवकोटा नियुक्त

काठमाण्डौ । डिजिटल मेडिया तथा स्मार्ट कम्यूनिटी प्लाटफर्ममा विगत एक दशकदेखि सक्रिय सन्तोष कुमार देवकोटा मोबाइल एप्लिकेशन ‘नेपाली पात्रो – Nepali Patro’ को प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा नियुक्त भएका छन् ।

देवकोटा यही फेब्रुअरी १३ तारिख २०२२ ‘विश्व रेडियो दिवस’का दिन ‘नेपाली पात्रो’ को प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा नियुक्त भएका हुन् । विक्रम संवत् २०६३ साल (सन् २००८) मा सर्वप्रथम Facebook App मार्फत सार्वजनिक भएको ‘नेपाली पात्रो’ विक्रम संवत् २०६६ (सन् २०११) मा गुगलको PlayStore मार्फत Android तथा Apple प्रयोगकर्ताहरुकाका लागि AppStore मार्फत् सार्वजनिक गरिएको थियो । पछिल्ला वर्षहरूमा नेपालबाट रोजगारी तथा विभिन्न अवसरको खोजीमा विदेश बसाइँ सर्ने क्रम बढेको छ । विशेष गरी नयाँ पुस्ताको विदेश मोह र बाह्य सांस्कृतिक अन्तरघुलनले मौलिक सभ्यता बिर्सने जोखिम रहन्छ नै । त्यसैले नेपाली पात्रोले आम नेपाली मूलका जनसमुदायलाई समेट्दै आफ्नो जरो तथा मौलिक धर्म-संस्कृतिका विशेषताहरूलाई उनीहरूसम्म पुर्याउने प्रयास गर्दै आएको छ ।