४ मंसिर २०८१, मंगलबार 1732055060
Banner

प्रतिनिधिसभाको सभामुख पदमा एमालेका देवराज घिमिरे निर्वाचित


काठमाडौं – प्रतिनिधिसभाको सभामुख पदमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित हुनुभएको छ ।

बिहीबार प्रतिनिधिसभामा भएको निर्वाचनमा उहाँले विपक्षी गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गर्नुभएको हो । निर्वाचित घिमिरेको पक्षमा १ सय ६७ मत प्राप्त गर्नुभयो भने काँग्रेसकी ईश्वरी न्यौपानेले १०० मत प्राप्त गर्नुभएको थियो । साथै मत दिन्न भन्नेमा १ मत परेको थियो ।

घिमिरेको पक्षमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत, जसपा, नागरिक उन्मुक्ति पार्टीको समर्थन थियो ।

प्रतिनिधिसभामा २ सय ६८ सांसदले निर्वाचनमा भाग लिएका थिए ।