३ आश्विन २०८१, बिहिबार 1726785135
Banner

अष्ट्रेलियाका पूर्व क्रिकेटर शेन वार्नको निधन

सिड्नी । अष्ट्रेलियाका पूर्व क्रिकेटर शेन वार्नको ५२ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। फक्स स्पोर्ट्सका अनुसार हृदयघातका कारण उनको मृत्यु भएको आशंका गरिएको छ।

उनका व्यवस्थापकले स्पिन लिजेन्ड शेन वार्नको थाइल्याण्डमा निधन भएको बताएका छन्। व्यवस्थापकका अनुसार थाइल्याण्डको कोह समुईमा अचानक हृदयघातका कारण उनको मृत्यु भएको थियो।

विज्ञप्तिमा भनिएको छ, ुशेन आफ्नो निवासमा अचेत अवस्थामा फेला परेका थिए र चिकित्सकको उत्कृष्ट प्रयास हुँदाहुँदै पनि बचाउन सकिएन।ु

यो समयमा परिवारले एकान्त खोजेको जानकारी दिँदै र उपयुक्त समयमा थप जानकारी प्रदान गरिने बताइएको छ।

उनी विश्वको सर्वाधिक धेरै विकेट लिने खेलाडीमा दोस्रो नम्बरमा रहेका छन्। उनी अष्ट्रेलियाका लागि सर्वाधिक विकेट लिने खेलाडी हुन्।

विश्वकै सर्वाधिक सफल लेगस्पिनर मानिने वार्नले अष्ट्रेलियाबाट १४५ टेस्ट र १९४ ओडिआई खेल खेलेका थिए। उनले टेस्टमा ७०८ विकेट र ओडिआईमा २९३ विकेट लिएका थिए।

वार्नले सन् १९९२ मा भारतविरुद्ध टेस्ट क्रिकेटमा सिड्नीमा डेब्यू गरेका थिए भने २००७ मा सिड्नीमै इङल्यान्डविरुद्ध अन्तिम टेस्ट खेल खेलेका थिए।