काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागिमात्र भएको बताएका छन् । सामाजिक सञ्जालमा चेतावनीयुक्त स्टाटस लेख्दै उनले लेखेका छन्, ‘म अभिमन्यु होइन ।’
‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आज सम्मका लागि मात्रै हो । म अभिमन्यु होइन’, लामिछानेले भनेका छन् । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानून बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो । त्यससँगै उहाँ उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको पदबाट पनि मुक्त हुनुभएको थियो ।