२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 11:06 pm
राजनीति

राष्ट्रपति निर्वाचनका लागि कार्यालय स्थापना गर्दै आयोग

सूचना प्रेस २०७९ फाल्गुन ८ सोमबार ००:००, ०८:२९ बजे १ मिनेट पढाइ

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछ। निर्वाचन आयोगले आज संघीय संसद्मा मतदान अधिकृतको कार्यालय स्थापना गर्न लागेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए।

आज दिउँसो १ बजे हुने उद्घाटन कार्यक्रममा निर्वाचन आयोगका पदाधिकारीहरूको पनि उपस्थित रहनेछ । यही फागुन २५ गते हुने निर्वाचनका मतदान अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल नियुक्त भइसकेका छन् । मतदान स्थल नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरलाई तोकिएको छ ।

आयोगले जारी गरेको कार्यतालिका अनुसार बुधबार मतदाताको नामावली सार्वजनिक गर्ने तयारी छ ।