९ मंसिर २०८१, आइतबार 1732448991
राजनीति

सुदूरपश्चिम सरकार विस्तारमा ढिलाइ

काठमाडौं। सुदूरपश्चिम प्रदेशमा डेढ महिनादेखि सरकार विस्तार हुन सकेको छैन । माघ २६ मा मुख्यमन्त्री नियुक्त भएका कमल बहादुर शाहले २७ माघमा शपथ ग्रहण गरेका थिए । सोही दिन भौतिक पूर्वाधार विकास मन्त्रीमा प्रकाश देउवा र आर्थिक मामिला तथा योजना मन्त्रीमा नरेश शाही नियुक्त भएका थिए। उनीहरुको शपथ ग्रहण भएको झन्डै डेढ महिना हुनै लाग्दा पनि अहिले सम्म अन्य मन्त्रीहरू नियुक्त हुन सकेका छैनन्।

२७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसकेपछि संविधानका धारा १६८को उपधारा ३ अनुसार माघ २६ मा कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । त्यो बेला सम्म उनलाई कांग्रेस र नेकपा एकीकृत समाजवादीको मात्रै साथ रहेको थियो। २१ फागुनमा माओवादी र नागरिक उन्मुक्ति पार्टीले पनि शाह सरकारलाई विश्वासको मत दिएको थियो।