काठमाडौं – अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेको घोषणा गर्नुभएको छ। नेता डा. शेखर कोइरालालाई सन्देश पठाएर पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।
वाग्लेले भन्नुभएको छ ‘हजुरहरूको अपार सद्भावका बाबजूद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो ।’
वाग्ले वैशाख १० मा तनहुँ १ मा हुने उपनिर्वाचनमा उठ्नका लागि राष्ट्रिय स्वन्त्र पार्टीसँग अहिले छलफलमा हुनुहुन्छ। उहाँ तनहुँ नै पुगेर त्यहाँका मतदाताको मनस्थिति बुझिसकेपछि कांग्रेस छाड्ने निर्णयमा पुग्नुभएको हो ।
रास्वपाले वाग्लेलाई तनहुँ १ मा प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय लिने बताइएको छ ।