९ मंसिर २०८१, आइतबार 1732468665
राजनीति

मिटरब्याज पीडितहरुसँग सरकारले गरेको सहमति कार्यान्वयन हुन्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितहरुसँग सरकारले गरेको सहमति कार्यान्वयन हुने बताएका छन् ।

आइतबार स्वास्थ्य परीक्षणपछि घर फर्किन लागेका मिटरब्याजी पीडितहरुलाई भेट्न पुगेका गृहमन्त्री श्रेष्ठले सरकारले गरेको सम्झौता कार्यान्वयन हुने बताएका हुन् ।

सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले पीडितहरू सरकारसँग भएको सम्झौता कार्यान्वयन हुनेमा विश्वस्त भएर फर्किन लागेको बताए । ‘उहाँहरु जाने स्थितिमा अझै केही छ कि भन्नुपर्ने भनेर कुरा गर्न आएको हुँ। उहाँहरुले जाने क्रममा छौं, हामी विश्वस्त भएर जादैछौँ । धेरैले आजै बेलुका जान्छौं होला भन्नुभएको छ’, श्रेष्ठले भने