७ जेष्ठ २०८३, बिहिबार 1779399358
Banner

भारतको नयाँ संसद भवनमा राखिएको नक्साले नेपाल र भारतबीच कूटनीतिक तनाव ल्याउन सक्छ : डा.भटटराई

काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भारतले आफ्नो नयाँ संसद् भवनमा राखिएको भित्ते चित्रमा अङ्कित भौगोलिक पहिचान प्रति चासो व्यक्त गर्नुभएको छ  । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै उद्घाटन गरेको संसद् भवनमा अङ्कित भित्ते चित्रमा नेपालको कपिलवस्तु र लुम्बिनीलाई पनि भारतीय भूमि झैँ दर्साउने गरी अङ्कित गरे पछि भट्टराईले चासो व्यक्त गर्नुभएको हो । 

उहाँले नेपाली भूमि लुम्बिनी र कपिलवस्तुलाई नै भारतीय भूमि झैँ उल्लेख गर्ने विषयले दुई देशका बीचमा आपसी कूटनीतिक सम्बन्धमा दरार आउने सक्ने जनाउनुभएको छ ।

‘भारतको भर्खरै उद्घाटन गरिएको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’ को विवादास्पद भित्ते चित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्छ, यसले भारतका निकटतम छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई पहिले नै बिगार्ने विश्वासको घाटालाई अझ बढाउने सम्भावना छ,’ उनले भनेका छन्, ‘भारतीय राजनीतिक नेतृत्वले यस भित्तेचित्रको वास्तविक अभिप्राय र प्रभावलाई समयमै खोलेर सञ्चार गर्नु बुद्धिमानी हुनेछ।’