१० मंसिर २०८१, सोमबार 1732569451
Banner

कोशी प्रदेश : सरकारबाट जसपा बाहिरियो, समर्थन पनि फिर्ता लिने निर्णय

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) ले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिंदै सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाइएकोफिर्ता बोलाएको छ ।

नेता रकम चेमजोङले जसपाबाट स्वास्थ्यमन्त्री बनेकी निर्मला लिम्बुलाई फिर्ता बोलाइएको जानकारी दिए ।

उनले भने, ‘यो सरकारले निकास दिएन, समस्यामात्र बल्झाउने काम गर्यो ।’ उनले नामकरणमा पनि समस्या देखिएकोले यो सरकारमा बसिरहन आवश्यक छैन भन्ने निष्कर्ष निकालिएको बताए ।