१० मंसिर २०८१, सोमबार 1732544227
Banner

नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीका लागि सहमति

नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएकोे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल क्लियरिङ हाउस र भारतको एनपिसिआईबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेषमान प्रधान र एनपिसिआई प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले हस्ताक्षर गर्नुभएको छ ।

k|wfgdGqL k|r08 / ef/tLo ;dsIfL df]bLåf/f /]ndfu{ pb\3f6g gofFlbNnL, !* h]7M ef/t e|d0fdf /xg’ePsf k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú / ef/tLo k|wfgdGqL g/]G› df]bL laxLaf/ ef/tsf] aygfxfb]lv lj/f6gu/sf] a’wgu/;Ddsf] /]Nj] ;]jf ;+o’Qm?kdf pb\3f6g ug'{x’Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;

एनपिसिआई भारतको केन्द्रीय बैंकले स्थापना गरेको संस्था हो । उक्त सहमतिपछि भारतमा अध्ययन तथा उपचारका लागि आउनेलाई सहज हुनेछ । सम्झौताले सहज कारोबार तथा भुक्तानीका लागि मार्गप्रशस्त गरिदिएको छ । नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत प्रधानले महत्वपूर्ण सहमति भएकोे राससलाई जानकारी दिनुभयो । उहाँले यसप्रकारको सम्झौताले विद्युतीय भुक्तानीका लागि सहज हुने बताउनुभयो । नेपाल र भारतका नागरिकले यसबाट ठूलो लाभ प्राप्त लिन सक्ने उहाँको भनाइ छ । यसअघि कार्डबाट हुँदै आएको भुक्तानी अब भने क्यूआर कोड स्यानमार्फत हुनेछ । भारतमा विभिन्न प्रयोजनका लागि आउने नेपालीले भोग्दै आएको भुक्तानीको समस्या अब भने समाधान हुने प्रमुख कार्यकारी अधिकृत प्रधानले जानकारी दिनुभयो । नेपाल राष्ट्र बैंककोे लगानीमा स्थापित नेपाल क्लियरिङ हाउस र भारतीय समकक्षीबीचको सहमतिले अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीलाई थप भरपर्दो र विश्वासिलो बनाएको छ । रासस