काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्क साम्पाङले एमसीसी खारेज गर्न माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै साम्पाङले अमेरिकी सहायता परियोजना एमसीसी खारेजीको माग गरेका हुन् ।
उनले बैठक समयमा सुरु गर्न पनि आग्रह गरे । साम्पाङले जनताले चाहेका कुराहरु संसदमा सुनाउँदै पहिलाे बुँदामै यस्ता माग गरेका हुन् ।
उनले भने, म आफनो मन्तव्य राख्नुभन्दा पनि सरकारले कसो गर्नुपर्ने हो । म जनताको मागहरु जनताले चाहेका कुराहरु के कस्ता छन् भन्ने कुरा बुँदागत रुपमा बाचन गर्न चाहन्छु । पृथ्वी रहीरहुन्जेलसम्म यो देश रहनुपर्छ । हाम्रो देशको अंकित झण्डा रहिरहनुपर्छ । यो मान्यता हामी राख्दर्छौं । देशको स्वाधिनता र असंलग्न परराष्ट्र नीतिलाई बचाइ राख्न सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धी एमसीसी खारेज गर्नुपर्छ भनेर माग गर्दछु ।


