२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 12:58 pm
Banner

हेटौँडामा एक दम्पती झुण्डिएको अवस्थामा मृत फेला

सूचना प्रेस २०८० जेष्ठ २७ शनिबार ००:००, ११:२३ बजे १ मिनेट पढाइ

हेटौँडा– मकवानपुरमा एक दम्पती मृत भेटिएका छन् । हेटौंडा उपमहानगरपालिका– १, चाइना क्वाटरमा गए राति झुण्डिएको अवस्थामा स्थानीय कृष्णप्रसाद दाहाल र उनकी श्रीमती नन्द कुमारी मृत भेटिएका हुन् ।

तीन तले पक्की घरको माथि रहेको ट्रसले छाएको पूजा कोठामा फलामको ट्रसमा गम्छाको पासो लगाई दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।