८ मंसिर २०८१, शनिबार 1732352154
Banner

लिखित स्पष्टीकरण पेश नगरे बालेनलाई कारबाही गर्ने चेतावनी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सात दिने स्पष्टीकरण सोधेको छ ।

प्राधिकरणले शुक्रबार महानगरका मेयर बालेन शाहको निर्देशनमा विमानस्थल क्षेत्रको जग्गामा लगाएको तारवार भत्काएपछि सात दिने लिखित स्पष्टिकरण सोधेको हो ।

साथै प्राधिकरणले म्यादभित्र लिखित स्पष्टीकरण पेश नगरे कानुनबमोजिम कारवाही गर्ने पनि चेतावनी दिएको छ ।

‘का.जि.का.म.न.पा.वडा नं. ९ स्थितको जग्गा प्राधिकरणले तारवार लगाई ऐनको दफा ७ बमोजिम नियमित गरी राखेको विमानस्थल क्षेत्र हो’, प्राधिकरणद्वारा जारी विज्ञप्तिले भनेको छ ।

प्राधिकरणले तारवार फेन्सीङ्ग काटी लैजाने कार्यमा शाहको प्रत्यक्ष संलग्नता देखिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा पत्र प्राप्त भएको मितिले ७ दिन भित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको छ ।

Tags :