८ मंसिर २०८१, शनिबार 1732391953
Banner

करेन्ट लागेर २ जनाको मृत्यु

रौतहट । रौतहटको बौधिमाई नगरपालिकामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बौधिमाई नगरपालिका– ५ कोपवामा पानी तान्ने मोटरमा विद्युत जडान गर्ने क्रममा शनिबार राति करेन्ट लागेर २ जनाको मृत्यु भएको हो ।

स्थानीय अरुण साहले आफ्नै आँगनमा रहेको ट्युबवेलबाट विद्युतीय मोटर संचालन गर्न खोज्दा उनलाई करेन्ट लागेको थियो । साहलाई करेन्ट लागेको देखेपछि उनलाई बचाउन जाने क्रममा सँगै रहेका सितावी पण्डितलाई पनि करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ ।