१८ श्रावण २०८३, सोमबार 1785772883
Banner

७० वर्षको उमेरहद उपयोगी भएनः ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपयोगी नभएकाले आफ्नो पार्टीले सत्तरी वर्षको उमेरहद हटाउने निर्णय गर्नुपरेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनु भएको हो। ७० वर्ष माथिकाले काम गर्न सक्ने अवस्थामा पनि राजनीति छोडनुपर्ने अप्ठ्यारो अवस्था आएको, कतिपय अन्य पार्टीबाट आएका नेताहरुलाई पनि जिम्मेवारी दिनुपर्ने भएकाले त्यो उमेरहद हटाउने निर्णय गर्नुपरेको बताउनुभयो ।

अध्यक्ष ओली भन्नुभयो, ‘नेकपा एमाले तमासा गर्ने पार्टी होइन। यो जे भन्छ त्यो गर्छ। गर्ने कुरा मात्र भन्छ। यो सबै नेकपा एमालेले गर्दै पनि आएको छ।’

अध्यक्ष ओलीले राणाशासनको बेलामा जस्तो चाकडी गर्ने प्रथा आफ्नो पार्टीमा नरहेको पनि दाबी गर्नुभयो। उहाँले भन्नुभयो, ‘कसले कति चाकडी गर्छ भन्ने राणाशासनको चाकडीवाला पार्टी होइन। कामको मूल्याकंनबाट आएको पार्टी हो।’