२७ बैशाख २०८३, आइतबार 1778437153
समाचार

तमोर नदीले पार गर्यो खतराको तह

काठमाडौं । तमोर नदीले धनकुटामो मूल घाटमा खतराको तह पार गरेको छ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले नदीले खतराको तह पार गरेको बताएको हो। नदीले खतराको तह पार गरेपछि तल्लो तटीय क्षेत्रमा बासिन्दाहरूलाई सतर्क रहन भनिएको छ।

बाढीपहिरोका कारण कोशी प्रदेश आक्रान्त बनेको छ। ताप्लेजुङ, पाँचथर, संखुवासभामा अहिलेसम्म २५ जना बेपत्ता भएको र एक जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।