११ कार्तिक २०८१, आइतबार 1730024674
Banner

झलनाथ खनाल समाजवादी मोर्चा घोषणामा नजानुको कारण के ?

काठमाडौं । समाजवादी मोर्चा घोषणा कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल नजाने भएका छन् ।

आज अपरान्ह राष्ट्रिय सभामा हुने समाजवादी मोर्चा घोषणामा उनी उपस्थित नहुने भएका हुन् । कार्यव्यस्तताको कारणले नेता खनाल सहभागी नहुने स्वकीय सचिव कृष्ण भट्टराईले बताए ।

समाजवादी मोर्चामा सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका चार दललगायत दल छन् ।

आज ४ बजे भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहबाट समाजवादी मोर्चा घोषणा हुँदै छ ।

समाजवादी मोर्चाप्रति खनाल सकारात्मक छैनन् । लक्ष्य, उद्देश्य तथा प्रधान शत्रु किटान नभइ मोर्चा घोषणाको अर्थ नहुने भन्दै उनले पार्टीमा समेत असन्तुष्टि राख्दै आएका थिए ।

समाजवादी मोर्चामा सहभागी हुनका लागि शुक्रबार बसेको सचिवालय बैठकमा पनि नेता उनी सहभागी भएका थिएनन् ।

उनी गठबन्धनको पनि कुनै आयु नभएकाले जुनसुकै बेलामा भत्कने र अर्को बन्नसक्ने बताउँदै आइरहेका छन् ।

Tags :