१० कार्तिक २०८१, शनिबार 1729987946
Banner

बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेर के गरे प्रधानमन्त्रीले ?

काठमाडौं । बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि संखुवासभाको तुम्लिङटार पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले संखुवासभाका प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्धारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राखेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डले मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उद्धार, राहत र बेपत्ताहरुको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन पनि दिएका छन् । ।

साथै, प्रधानमन्त्री प्रचण्डले तत्कालै पुल भत्किएको ठाउँमा बेलिब्रिज जोडेर सडक सञ्जालमा जोड्न, घरबारविहीनलाई आवासको व्यवस्था मिलाउन पनि निर्देशन दिए ।

उनको साथमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार प्रकाश ज्वाला, शहरी विकास मन्त्री सीता गुरुङ र एमालेका सचिव योगेश भट्टराई छन् ।

उनीहरु नेपाली सेनाको हेलिकोप्टरमार्फत् त्यसतर्फ गएका थिए । प्रधानमन्त्री प्रचण्ड आजै ताप्लेजुङ र पाँचथरको पनि अवलोकन गरी काठमाडौं फर्किने कार्यक्रम छ ।

Tags :