१२ मंसिर २०८१, बुधबार 1732693450
Banner

मेयर बालेनविरुद्ध मुद्दा दायर

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहको नेपाल चलचित्र संघले हिन्दी चलचित्रको प्रदर्शन रोक्ने निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर भएको छ ।

उच्च अदालत पाटनकी प्रवक्ता मन्दिरा शाहीका अनुसार बुधबार दिउँसो चलचित्र संघको रिट दर्ता भएको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी चलचित्र आदिपुरुषको सीता भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै महानगरपालिकाभित्रका हलमा हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाएका थिए ।

उनीहरुले काठमाडौंका हलमा हिन्दी चलचित्र सञ्चालन गर्न दिन अन्तरिम आदेश पनि माग गरेका छन् । यो रिटमा बिहीबारका लागि पेशी तोकिएको छ ।

Tags :