१० कार्तिक २०८१, शनिबार 1729966330
Banner

किन भयो, १५ मिनेटका लागि संसद अवरुद्ध ?

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षका लागि मन्त्रालयगत शीर्षकमा छलफल भइरहेका बेला एमालेका सचेतक महेश बर्तौलाले सभाको कार्यसूचीमाथि प्रश्न उठाएपछि प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ ।

उनले उपराष्ट्रपति कार्यालय अन्तर्गतको विनियोजित बजेटमाथि छलफलको कार्यसूची राखिए पनि सो बारेको बजेट पुस्तिका वितरण नगरिएको बारे जानकारी गराए ।

छुट्टाइएको बजेट शीर्षकबारे सांसदहरूले अध्ययन नै नगरी कसरी छलफल हुन्छ भन्दै सचेतक बर्तौलाले प्रश्न उठाएपछि सभामुखले समयको चापका कारण छिटो बैठक सक्नुपर्ने बाध्यता स्मरण गराए ।

सभामुखको भनाइपछि बोल्दै बर्तौलाले संसद्मा छलफल हुने विषयमाथि सांसदले अध्ययन गर्न पाउनुपर्ने अधिकार रहेको बताएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

Tags :