१० कार्तिक २०८१, शनिबार 1729973273
Banner

किसानले उत्पादन गरेको तरकारी फाल्न नपर्ने गरी काम भइरहेको छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानले उत्पादन गरेको तरकारी अब बाटोमा फाल्न नपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद अर्जुननरसिंह केसीले खेतीको समयमा मल नपाउने अवस्था रहेको, कालो बजारी फस्टाएको छ । यसलाई चिरेर उत्पादन गरेका कृषि उपजको न्यूनतम मूल्य नपाएर सडकमा फाल्नु परेको छ । यसको अन्त्य यो वर्ष हुन्छ भन्दै प्रश्न को प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

बढी उत्पादन भएको खाद्य सामानको कोल्डस्टोरमा राख्न सक्ने पूर्वाधार बनाउने र केहीको न्यूनतम मूल्य तोक्ने काम भइरहेको भनी प्रचण्डले जवाफ दिएका थिए ।

उनले कृषि उपजको कृषकले न्यून मूल्य पाउने तर उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रमुख खाद्यान्न बालीको सिजन पूर्वसमर्थन मूल्य तोक्ने व्यवस्था गरिएको जानकारी दिए ।

यस्तै, प्रधानमन्त्री दाहालले दूधको समर्थन मूल्य तोकिएको, उखु किसानलाई अनुदान दिइएको तथा तरकारीको बजारीकरणमा देखिएको समस्या अन्त्य गर्न विकेन्द्रीकरणको माध्यमबाट कार्य अघि बढाइएको बताए ।

केही दिनअघि मात्रै तरकारी तथा फलफूल बजार कालीमाटीमा भारतीय टमटर ४५ मा विक्री भएको, तर नेपाली गोलभेँडा ४ रुपैयाँमा पनि नबिकेको भन्दै फालेका थिए ।

Tags :