१० कार्तिक २०८१, शनिबार 1729973675
Banner

ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या सात पुग्यो

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या सात पुगेको छ ।

सिआइबीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेसँगै सो प्रकरणमा पक्राउ पर्नेको संख्ष्या सात पुगेको हो ।

शाह धुम्बाराहीस्थित आफ्नै निवासबाट पक्राउ परेका थिए ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो ।

Tags :