१० कार्तिक २०८१, शनिबार 1729972996
Banner

देशभर गएको पहिरोका कारण जनजीवन प्रभावित, कहाँ–कहाँ के भयो हेर्नूस् तस्वीरमा

काठमाडौं । पछिल्लो २४ घण्टामा परेको वर्षका कारण देशका विभिन्न ठाउँमा गएको बाढीपहिरोका कारण सर्वसाधारणको दैनिकी प्रभावित भएको छ । वर्षाका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध
अविरल वर्षाका कारण पाल्पाका विभिन्न सडकखण्ड अवरुद्ध बनेका छन् । दुई दिनदेखि परेको वर्षाले सिद्धार्थ राजमार्ग, कालिगण्डकी करिडोर तथा विभिन्न सडकखण्ड बन्द छन् ।

सिद्धार्थ राजमार्गअन्तर्गत माथागढी गाउँपालिका–१ धैरेनी, बगनासकाली–४ सेरा र रम्भा गाउँपालिका–३ लसुने नजिकै पहिरो खसेको छ ।
सडकमाथिबाट ढुङ्गासहित पहिरो खस्ने क्रम जारी रहेको रम्भा–१ का वडाध्यक्ष ईश्वर काफ्लेले बताए ।

यस्तै, बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । जिल्लाको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेन्द्र पौडेलले सडक अवरुद्ध हुँदा बेनीबाट मुस्ताङतर्फ र मुस्ताङबाट म्याग्दी हँुदै देशका विभिन्न ठाउँमा जान हिँडेका सवारीसाधनबीच बाटोमै रोकिएको बताए ।
त्यस्तै,

नारायणगढ–मुग्लिन सडकखण्ड पुन अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

आज बिहान ११:३५ बजे पुनःपहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यो सडक हुँदै दैनिक औसतमा १० हजार गाडी आवतजावत गर्ने गर्दछन् । पटकपटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडाँै ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।

कहाँ–कहाँ के भयो हेर्नूस् तस्वीरमा

तुइनबाट गोलभेँडा वारपार गर्दै कृषक

पाँचथरको हेंवा खोलामा असार २ गते राति आएको बाढी र पहिराले कारण पुल बगाएपछि तुइनमा गोलभेँडा राखेर वारपार गर्दै कृषक ।

भेरी नदीको झोलुङ्गेपुल

वनगाड कुपिण्डे नगरपालिका–कारागाउँ सल्यान र सुर्खेत सिम्ता गाउँपालिका जोड्ने भेरी नदीको झोलुङ्गेपुल । सो पुल निर्माण सँगै यहाँका सर्वसाधारणहरु डुङ्गा तरेर नदी पार गर्नुपर्ने बाध्यता हटेको छ ।

हेंवा खोलामै निरीक्षण गर्दै मन्त्री ज्वाला

पाँचथरको हेंवा खोलामा असार २ गते रातिको समयमा आएको अविरल वर्षासँग बाढी–पहिराले गरेका भौतिक तथा मानव क्षतिबारे हेंवा खोलाको दोभानमै निरीक्षण गर्नुहुँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला ।

अवरुद्ध सडक खुलाइँदै

सिद्दिचरण नगरपालिका ८ लग्लगेको भुसुने डाँडामा शनिबार बिहान सडकमा रुख ढलेर अवरुद्ध भएपछि डोजरको सहयोगमा रुख हटाइँदै । सडक अवरुद्ध हुँदा सोही सडकहुँदै चल्ने यातायातका साधानहरु रोकिएका छन् ।

राससको सहयोगमा

Tags :