१० कार्तिक २०८१, शनिबार 1729980768
राजनीति

राप्रपा नेपालबाट २६ को राजीनामा, को–को छन् राजीनामा दिने ?

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र नेपाल पार्टीबाट एकैपटक २६ जनाले राजीनामा दिएका छन् ।

आइतबार थापा नेतृत्वको नेपाल राप्रपा प्रजातन्त्र नेपाल पार्टीबाट एकैचोटि राजीनामा दिएका हुन् ।

राजीनामा दिनेहरुले पार्टी आफ्नो सिद्धान्तबाट विचलित भएको आरोप लगाएका छन् । यसरी राजीनामा दिनेहरुमा झापासहित कोशी प्रदेशका विभिन्न जिल्लाका नेताहरु छन्।

राप्रपा नेपालबाट राजीनामा दिनेमा निवर्तमान कोशी प्रदेश अध्यक्ष वासुदेव भट्टराईसहितका छन्।

राप्रपा नेपालबाट राजीनामा दिनेहरुमा झापाका राप्रपाका सहायक महामन्त्री देवीरमण भट्टराई झापाकै अर्का नेता एवम् केन्द्रीय सदस्य रोहित राजवंशी, ओखलढुंगा घर भएका केन्द्रीय सदस्य श्री टंकनाथ आचार्य, मोरङका केन्द्रीय सदस्य विनोद प्रसाद पोखेल, सुनसरीका अर्का केन्द्रीय सदस्य पासाङ शेर्पा, सुनसरीकै केन्द्रीय सदस्य सुरेश तामाङ, अर्कातिर मोरङकी केन्द्रीय सदस्य सुमित्रा बस्नेत र इलामका केन्द्रीय सदस्य दिल बहादुर कार्कीलगायत छन् ।

Tags :