२७ बैशाख २०८३, आइतबार 1778403553
Banner

ललिता निवासमा मेरो संलग्नता छैन : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।

ललिता निवास प्रकरणमा संलग्नताको अभियोगमा एकपछि अर्को गर्दै अभियुक्त पक्राउ परिरहेको र उनको पनि नाम आइरहेका बेला पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् ।

साथै, भ्रष्टाचारजन्य सबै काण्डहरुको निष्पक्ष छानविन गरी दोषीमाथि कारबाही गर्न उनको माग छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राज्यको समरजंग कम्पनीको नाममा दर्ता भएको करिब तीन रोपनी जग्गा गुठीको भन्ने भएकाले वास्तविक तथ्यप्रमाण अभिलेख जाँचबुझ गरी नियम अनुसार गर्ने वा यस्तै आशयको नीतिगत निर्णय भएजस्तो लाग्छ । यो कुरा मैले अख्तियारको टोलीले केही वर्ष पहिले लिएको बयानमा पनि भनेको छु । तत्कालीन प्रमको हैसियतले मसँग जोडिएको कुरा यत्ति हो ।’

ललिता निवास जग्गा प्रकरणमा भाटभटिनीका सञ्चालकलगायतलाई पक्राउ गरी अध्ययन अनुसन्धान गरिरहेको छ ।

Tags :