१० कार्तिक २०८१, शनिबार 1729981043
Banner

अघि बढायो महानगरले ललिता निवास जग्गा घेरबार प्रक्रिया

काठमाडौं । पछिल्लो समय ललिता निवास प्रकरणमा एक पछि अर्को गर्दै अभियुक्त पक्राउ परिरहेका बेला काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्गा घेराबारा प्रक्रिया सुरू गरेको छ ।

राजु पाण्डे नेतृत्वको डेढ सयभन्दा बढीको महानगर प्रहरीको टोली बालुवाटार पुगी ललिता निवास जग्गामा घेराबार अघि सारेको हो । ललितानिवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले काम सुरू गरेको पाण्डेले बताए ।

बालुवाटार स्थित एनआरएनएको कार्यालयनजिकैको खाली जग्गामा घेराबारा गर्न महानगर प्रहरीको जम्बो टोली परिचालन गरिएको छ ।

ललिता विनास प्रधरणमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलगायत पक्राउ परेका छन् ।

Tags :