काठमाडौं । ६ वर्षीया बालिका करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
उदयपुर ताप्ली गाउँपालिका ३ दगले बस्ने ३५ वर्षीय मकर बहादुर तामाङ सो अभियोगमा पक्राउ परेका हुन् ।
मकरले ती नाबालिकालाई आफ्नै घरमा गत बुधबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरेको प्रहरी चौकी रामपुर झिल्केले जनाएको छ ।
प्रहरीका अनुसार यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको छ ।