१० कार्तिक २०८१, शनिबार 1729973603
Banner

ललितानिवास प्रकरण : संगठित अपराधमा पनि अनुसन्धान सुरु

काठमाडौं । ललितानिवासको जग्गा प्रकरणमा पक्राउ परेकाहरुमाथि संगठित अपराधमा पनि अनुसन्धान बढेको छ ।

प्रहरीले ९ जनाविरुद्ध सरकारी कागजात लिखत किर्ते गरेर १३४ रोपनी जग्गा हडपेको कसूरमा अनुसन्धान अघि बढाएको हो ।

सीआईबी ब्यूरोका एक अधिकृतका अनुसार उनीहरुलाई संगठित अपराधको कसूरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले ७ दिन को म्याद दिएको छ ।

म्याद थप हुनेहरुमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर शाह, मालपोतका तत्कालीन कर्मचारी धर्मप्रसाद गौतम, गोपाल कार्की, तत्कालीन वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलगायत छन् ।

Tags :